बिहिबार, कार्तिक ४, २०७८

ट्रेन्डीङ्ग

नेत्राभाल्करको कप्तानीमा अमेरिकी टिम

काठमाडौं । ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानविरुद्धको त्रिदेशीय शृंखलाका लागि अमेरिकाले आज १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि अमेरिकाले सौरभ नेत्रभाल्करको कप्तानीमा टोलीको घोषणा गरेको हो । अमेरिकाले आरोन जोन्सलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

Duber nepal

Agani Group

त्रिदेशीय शृंखला यही भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ । अमेरिकाले भदौ २८ गते नेपालविरुद्धको खेलबाट शृंखलाको सुरुवात गर्नेछ । अमेरिकाले भदौ १६ गते ओमानसँग, असोज १ गते नेपाल र असोज ४ गते ओमानसँग दोस्रो खेल खेल्नेछ ।

अमेरिकाले शृंखलाअघि मस्कटमा भदौ २१ र भदौ २४ गते पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । पीएनजीले भदौ २० र २३ गते नेपालविरुद्ध पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ ।

अमेरिकी टोली
शौरभ नेत्राभाल्कर (कप्तान), आरोन जोन्स (उपकप्तान), अभिषेक फरादकर, डोमिनिके रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जस्दिप सिंह, जस्करण मलोहत्रा, करिमा गोरे, मोनाक पटेल, निसर्ग पटेल, नोसतुस केन्जिगे, स्टेभेन टेलर र सुशान्त मोदानी ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2021 समाजवादी पोस्ट All right reserved Site By : Himal Creation