
बुटवल : रुपन्देहीको मर्चवारमा दाउरा बटुल्न खोला छिरेका एक युवा बेपत्ता भएका छन्।
दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान करिब ६ बजे लोधलाई भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिएका हुन्। बेपत्ता लोधको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन्।